आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ओलीको अर्को अल्टिमेटम, ‘सर्वोच्चको फैसला अघि सच्चिनुपर्छ, दोबाटो त्यतिबेलासम्म मात्र हो’

  • प्रकाशित मिति : शनिबार, असार १९, २०७८



  • काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाअघि पार्टीमा आउन अल्टिमेटम दिनुभएको छ ।

    शनिबारको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले विरोधी मोर्चामा जोडिएका नेता तथा कार्यकर्तालाई सर्वोच्चको फैसलाअघि पार्टीमा फर्कन आह्वान गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

    ‘पार्टीको १४औं बैठक सर्वोच्च अदालतले संसद विघटन गरेको भोलिपल्ट काठमाडौंमा बस्नेगरी सूचना आउने छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै थापाले भन्नुभयो, ‘त्यसअघि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा दायर रिट निवेदनमा हस्ताक्षर गर्न पुगेको व्यक्तिहरूलाई सो रिटको फैसला हुनुअघिसम्म सच्चिनुपर्छ ।’

    ओलीले भप्नुभयो, ‘दोबाटो त्यतिबेला सम्म मात्र हो, त्यसपछि एता न उताको भइन्छ ।’

    यसअघि शुक्रबारको बैठकमा ओलीले सोमबार साँझ ५ बजेसम्म पार्टीका अध्यक्षविरुद्ध शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिको कार्यालय र सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमा हस्ताक्षर गरेकाहरूलाई हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिनुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij