आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बाराका स्थानीय तहले कार्यक्रम नै नगरी बजेट वितरण

  • प्रकाशित मिति : आइतवार, असार २०, २०७८



  • बारा । बारामा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले प्रदेश २ सरकारको करोडौं रकमको हिनामिना गरेको खुलेको छ ।

    बाराका दर्जन बढी स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले विभिन्न एजेन्सी, विभिन्न संस्थाहरुसंँगको साँठगाठमा व्यावसायिक तथा सीप विकास तालिम शिर्षक अन्तर्गत प्रदेश सरकारको करोडौं रकम अनियमिता गरेका हुन ।

    भुक्तानी सहज बनाउन तालिमको किर्ते र फर्जि कागजात बनाउने, पुरानो मिति राख्ने लगायतका फर्जी काम गर्दै तालिमको नाममा विभिन्न संघसंस्थालाई रकम दिएको पाइएको हो ।

    विभिन्न स्थानीय तहमा अभिव्यक्ति, कला तथा क्षमता अभिवृद्वि, लागू औषधविरुद्धको अभिमुखीकरण, आपसी मेलमिलाप र दिगो विकास, बाल भित्ते पत्रिका लेखन, यौन तथा प्रजनन स्वास्थ्य सचेतना जस्ता तालिमका लागि भन्दै रकम दिइएको हो ।

    बजेट सक्नकै लागि एकै दिनमा यस्ता दर्जनौं कार्यक्रमहरु गरेको पाइएको छ भने एक घण्टामै कार्यक्रम सकेर फोटो र सहभागीको हस्ताक्षर बुझाएको भरमा रकम दिने गरिएको छ ।

    जितपुर सिमरा उपमहानगरले मात्रै डेढ करोड, कलैया उपमहानगरले १ करोड ६ लाख, कोहल्बी नगरपालिकाले ८० लाख बढी रकम यस्ता कार्यक्रममा वितरण गरेको खुलासा भएको छ ।

    यस्तै बारागढी, फेटा, सुर्वणपुर, सिम्रौनगढ, परबानीपुरलगायतका जिल्लाका स्थानीय तहले कागजमा मात्रै तालिम सम्पन्न गरेको स्थानीयको आरोप छ ।

    नक्कली सहभागीहरु जुटाउने, जबर्जस्ती हाजिर गर्न लगाउने र झुठो बोल्न लगाउने गरेको पनि खुलासा भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij