आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

देउवाको नेतृत्वमा सँयुक्त सरकार बनाउने गठबन्धनको निर्णय

  • प्रकाशित मिति : मङ्लबार, असार २९, २०७८



  • काठमाडौं। तीन दल तथा दुई समूहको विपक्षी गठबन्धनले काँग्रेस सभापति शेरबहादुर देउवाको नेृतृत्वमा गठबन्धन सरकार बनाउने निर्णय गरेको छ। सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सोमबार फैसला गरेपछि बसेको विपक्षी गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो।

    एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा (उपेन्द्र समूह) र एमाले (माधव समूह)को बैठकले गठबन्धन सरकार बनाउने निर्णय गरेको हो।

    बैठकपछि बोल्दै एमाले नेता रघुजी पन्तले एमालेले देउवालाई समर्थन गर्न सक्ने बताए। उनले बालुवाटारमा एमाले स्थायी कमिटीको बैठक नबसकेको भन्दै अब एमालेको विवाद पनि सकिएको बताए। उनले देउवाले अब एमालेसँग समर्थन मागेपछि एमालेले सो विषयमा निर्णय गर्न सक्ने जानकारी दिए।

    बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले शुरुमा सानो आकारको मन्त्रिपरिषद बनाइने जानकारी दिए। उनले त्यसपछि सबै दलहरुसँग छलफल गरेर पूर्ण मन्त्रिपरिषद विस्तार हुने जानकारी दिए।

    उनले मंगलबार बिहान पार्टी पदाधिकारी बैठक बस्ने जनाए। उनले देउवाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयास गरिने जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij