प्रकाशित मिति : आइतवार, साउन ३, २०७८
काठमाडौं। संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई कोभिड प्रकोपबाट जोगाउनु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्। उनले आफ्नो सरकार कोभिडबाट जनतालाई जोगाउन प्राथामिकताका साथ लाग्ने बताएका छन्।
सरकारले कोभिड रोकथामका लागि सबै उपाय अवलम्बन गर्ने छ भन्ने विश्वास दिलाउन चाहन्छु भन्दै उनले अहिले मुलुक जटिलताको स्थितिमा रहेको बताए।
प्रधानमन्त्री देउवाले पटक पटक प्रतिनिधि सभाको विघटनका कारण देशका केही समय राजनीतिक अन्योलताको स्थिति भोग्नुपरेको बताए।
उनले यस्तो अवस्थमा संसद जोगाउनु पनि मुख्य दायित्व रहेको बताएका छन्। उनले सबै सांसदहरुलाई आफूलाई विश्वासको मत दिन आव्हान गरे।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij