आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमालेलाई संविधानको अपव्याख्यामा समय नखर्चन देउवाको आग्रह

  • प्रकाशित मिति : शुक्रबार, साउन ८, २०७८



  • काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई कटाक्ष गर्दै संसदको धारा ७६(५) किन लेखेको भन्दै प्रश्न गरेका छन। संसदमा बधाई दिने कार्यक्रममा एमालेका तर्फबाट सुवास नेम्वाङले प्रश्न उठाएपछि धन्यवाद दिन गएका देउवाले यस्तो बताएका हुन्। उनले संविधानको अपव्याख्यामा समय नखर्चन एमालेलाई आग्रह समेत गरे।

    देउवाले भने “सभामुख महोदय, विपक्षी दलको नेता संसद्मा उपस्थित हुनुहुन्न, उपनेता सुवास नेम्वाङ हुनुहुन्थ्यो उहाँ पनि हिँड्नुभएछ, उहाँलाई नै भएपनि संविधानमा धारा ७६(५) किन छ भनेर सोध्नेवाला थिएँ। उहाँ त सभामुख पनि हुनुहुन्थ्यो त्यसबेला।”

    यस्तै संसदमा बोल्दै प्रधानमन्त्री देउवाले ऋण लिएर भए पनि नेपाली जनतालाई कोरोनाविरुद्धको खोप लगाउने प्रतिबद्धता जनाएका छन। उनले ऋणै काँढेर भएपनि जनतालाई खोप लगाइने प्रतिबद्धता जाहेर गरेका हुन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij