आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जसपामा उपेन्द्र पक्षमा पुग्यो बहुमत, छिट्टै देउवा सरकारमा सहभागी हुने यादवको भनाइ

  • प्रकाशित मिति : सोमवार, साउन ११, २०७८



  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा अध्यक्ष उपेन्द्र यादवको पक्षमा बहुमत पुगेको छ । पार्टीको माथिल्लो निकाय कार्यकारिणी समितिमा यादवका पक्षमा ३४ जनाले हस्ताक्षर गरेसँगै बहुमत पुगेको हो ।

    सोमबार निर्वाचन आयोगले हस्ताक्षर परीक्षणका लागि बोलाएकामा यादवका पक्षमा बहुमत सदस्यले हस्ताक्षर गरेका हुन् । अर्का अध्यक्ष महन्थ ठाकुर भने अल्पमतमा परेका छन् ।

    आफ्ना पक्षमा बहुमत सदस्यको समर्थन जुटाएलगत्तै अध्यक्ष यादवले अब पार्टी छिट्टै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने जानकारी दिनुभयो । निर्वाचन आयोगमा गरिएको कार्यकारिणी सदस्यको हस्ताक्षरमा आफ्ना पक्षमा अत्यधिक बहुमत जुटेको पनि उहाँले जिकीर गर्नुभयो।

    यादवले आफूहरुले अर्का अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई घोक्र्याएर हटाउन नचाहेको भन्दै ठाकुर पक्षले आत्मालोचना गरेमा पार्टीले बिचार गर्नसक्ने टिप्पणी पनि गर्नुभयो । त्यसका लागि विगतका गलत प्रवृत्ति सच्याउनुपर्ने र आत्मालोचना गर्नुपर्ने उहाँको शर्त छ ।

    ठाकुर लगायतले प्रतिगमनकारीलाई साथ दिनु पार्टीको नीति र सिद्धान्तविपरित भएको अध्यक्ष यादवको भनाइ थियो ।

    पूर्वपर्ती प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा सत्ता विघटन र त्यसलाई हर्ने दृष्टिकोणमा विभाजित यादव र ठाकुर पक्ष अन्ततः पार्टी विभाजनकै अवस्थामा पुगेका छन् ।

    यादव पक्ष संसद पुनर्स्थापनाका लागि अदालत जाँदा ठाकुर पक्ष भने तटस्थ बसेको थियो । यद्यपि, अदालतले संसद पुनर्स्थापना गरिदिएपछि भने ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij