आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

  • प्रकाशित मिति : शनिबार, साउन १६, २०७८



  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन हुनुभएको छ ।

    पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा अध्यक्ष यादवलाई संसदीय दलको नेता चयन गरेको सांसद् मोहम्मद इस्तियाक राईले जानकारी दिनुभयो ।

    पूर्वप्रधानमनत्री एवं संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले यादवलाई संसदीय दलको नेतामा प्रस्ताव गर्नुभएको थियो भने सांसद् महेन्द्र यादवले समर्थन गर्नुभएको थियो ।

    नेता चयनका लागि साउन १२ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नवराज सुवेदीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य छन् ।

    राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टी एकीकरण भएर जसपा बने पनि संसदीय दलको नेता चयन भएको थिएन । जसपामा विवाद बढेपछि अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो ।

    तर‚ गत साउन ११ गते निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिएपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाइएको हो । केही दिनअघि जसपाले संसदीय दलको विधान पनि पारित गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij