प्रकाशित मिति : शनिबार, साउन २३, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण फैलने क्रम बढेपछि सम्भावित जोखिम कम गर्ने उद्देश्यले सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरिएको स्वास्थय राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।
मुख्यतः निकट भविष्यमा कक्षा १२ सहित स्नातक र स्नातकोत्तर तहका विभिन्न परीक्षा सञ्चालन गर्ने तयारी थियो । कोरोना संक्रमण बढ्दै गएपछि जोखिमलाई मध्यनजर गर्दै शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई परीक्षा स्थगन गर्न सिफारिस गरिएको हो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठले जोखिमको अवस्थामा परीक्षा सञ्चालन गर्न नसकिने बताए ।
उनले कोभिड १९ संक्रमण फैलँदै गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति संवेदनशील भएर सो निर्णय गरिएको बताए । स्वास्थ्य मन्त्रालयले पटक पटक जनस्वास्थ्यको मापदण्ड कार्यान्वयन नभएको भन्दै प्रश्न उठाउने गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले कोरोना जोखिम न्यूनीकरणका लागि भौतिक दूरी काष्म गर्दै मास्कको समुचित प्रयोग अनिवार्य भएको बताए ।
राजधानी
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij