प्रकाशित मिति : बिहिबार, भदौ ३, २०७८
काठमाडौं । बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन्।
निवर्तमान मुख्यमन्त्री पौडेलले राजीनामा दिएपछि एमाले उपाध्यक्षसमेत रहेका नेतृ शाक्य नयाँ मुख्यमन्त्री चयन भएकी हुन् । प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका पौडेलले राजीनामा दिएर शाक्य आजै नयाँ संसदीय दलको नेता चुनिएकी हुन्।
एमाले उपाध्यक्षसमेत रहेकी शाक्य लामो समयसम्म माधवकुमार नेपाल समूहमा थिइन्। उनी ओलीको कट्टर आलोचकसमेत थिइन्। तर अध्यक्ष ओलीले सरकार जोगाउने शर्तमा शाक्यलाई मुख्यमन्त्री बनाएका हुन्।
अहिले बागमती प्रदेशमा एमालेको एकल बहुमतको सरकार छ। त्यहाँ माधव नेपाल समूहले पनि सरकारलाई समर्थन गरिरहेको छ। उनीहरुले समर्थन नगरेको अवस्थामा सरकार सरकार ढल्न सक्छ।
अहिले एमाले अध्यक्ष ओली बागमतीव र एक नम्बर प्रदेश सरकार जसरी पनि जोगाउने पक्षमा छन्। त्यसका लागि मुख्यमन्त्री माधव नेपाल समूहका नेतालाई दिन उनी तयार भएका हुन्।
पहिलो बागमती र त्यसपछि एक नम्बर प्रदेशको मख्यमन्त्री परिवर्तन गर्ने ओलीको रणनीति छ। माधव नेपाल समूहका नेतालाई मुख्यमन्त्री दिएर भएपनि प्रदेश १ को मुख्यमन्त्री जोगाउन उनले नेताहरुसँग कुरा गरिरहेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij