आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

देउवा सरकार अझै मन्त्री छान्न सकेन

  • प्रकाशित मिति : बुधबार, भदौ ९, २०७८



  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको डेढ महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

    सर्वोच्च अदालतको गत २८ असारको फैसलापछि देउवा २९ असारमा प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । उनले सोही दिन आफ्नो पार्टीबाट दुई र नेकपा माओवादी केन्द्रबाट दुई जना मन्त्रीलाई शपथ दिलाएर पाँच सदस्यीय मन्त्रिमण्डल विस्तार गरेपछि पुनः एक जना स्वास्थ्यमन्त्रीलाई नियुक्त गरेका छन् । त्यसयता, उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैनन् ।

    आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा नै मन्त्रालयहरूले नेतृत्व नपाउँदा नियमितबाहेकका अन्य कार्य रोकिएका छन् । मन्त्रालयहरूका कर्मचारी मन्त्रीको पखाइमा रहे पनि लामो समय प्रधानमन्त्रीले मन्त्री चयन गर्न सकेका छैनन् ।

    प्रधानमन्त्रीको सचिवालयले अब चाँडै मन्त्रिपरिषद्ले पूर्णता पाउने जनाएको छ । ‘प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद् पूर्णता दिने विषयमा छलफल गरिरहनुभएको छ, अब चाँडै मन्त्रिपरिषद् विस्तार हुनेछ,’ उनको सचिवालयले भन्यो ।

    प्रधानमन्त्री देउवा तथा मुख्य सत्ता घटक नेकपा माओवादी केन्द्रले नेकपा एमालेबाट विभाजित माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराउन चाहँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको कांग्रेस नेताहरूले बताएका छन् ।

    नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिइसकेको छ भने आयोगले आज (बुधबार) सनाखतका लागि बोलाएको छ ।

    प्रधानमन्त्री स्रोतका अनुसार एकीकृत समाजवादीले दलको प्रमाणपत्र पाउनेबित्तिकै मन्त्रिपरिषद् विस्तार गर्नेमा कांग्रेस र माओवादी केन्द्र छन् ।

    यसअघि नै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पूर्णता दिलाउन प्रयास गरेका थिए । जनता समाजवादी पाटी (जसपा)भित्रको विवाद, एमालेभित्रको विवाद र आफ्नै पार्टीभित्रको महाधिवेशनको विषयको टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तारले प्राथमिकता पाउन सकेको थिएन ।

    गत साउन दोस्रो साता प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाको नेतृत्वमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले मन्त्रिमण्डल विस्तार तथा सरकार सञ्चालनका विषयमा आवश्यक सहमतिका लागि मापदण्ड बनाइने विषयमा छलफल गरेको थियो । त्यसयता पटकपटक मन्त्रिमण्डल पूर्णता दिने विषयमा छलफल हुँदै आएको छ । राजधानी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij