आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेस जिल्ला सभापतिहरुसँग विवाद समाधान समितिका सदस्य रिजालले छलफल गर्दै

  • प्रकाशित मिति : बुधबार, भदौ ९, २०७८



  • काठमाडौं । क्रियाशील सदस्यता सूची सार्वजनिकको माग गर्दै धर्नामा बसेका जिल्ला सभापतिहरुसँग क्रियाशील सदस्यता विवाद समाधान समितिले छलफल गर्दैछ । छलफल समिति सदस्य डा. मिनेन्द्र रिजालको निवासमा हुन लागेको हो ।

    अहिले बिहान साढे नौ बजे क्रियाशील विवाद समाधान समितिसँग बैठक बस्न लागेको सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाले जानकारी दिनुभयो । ‘हमीसँग छलफल गर्न पार्टीले नेता रिजाललाई खटाउनुभएको रहेछ’ उहाँले भन्नुभयो’ ‘क्रियाशील सदस्यता सार्वजनिक गर्ने सहमति भयो भने आन्दोलनका कार्यक्रम स्थगित हुन्छ ।’ सभापतिहरुले हिजाेबाट पार्टी कार्यालयमा धर्ना सुरु गरेका छन् । उक्त धर्ना आज पनि जारी रहेकाे लामाले बताउनुभयाे ।

    बैठकमा विवाद समाधान समितिका संयोजक कृष्ण सिटौंला, रमेश लेखक भने उपस्थिती नहुने लामाले जानकारी दिनुभयाे । धर्नामा बसेका जिल्ला सभापतिहरु सबै छलफलमा उपस्थित हुनेछन् ।

    संस्थापन इतर समूहका जिल्ला सभापतिहरुले ३ बुँदे माग राखेर मंगलबारबाट आन्दोलनमा होमिएका हुन् । उनीहरुले ‘क्रियाशील सदस्यता सूची सार्वजनिक गर्ने, सूचीमा भएका कमजोरी विधिसम्मत ढंगले टुंग्याउने र निर्वाचनका लागि सबैतिर समान व्यवस्था हुनुपर्ने माग राखेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij