आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रौतहटमा पत्रकारलाई फसाउन खोज्ने एसपी शाहमाथि छानबिन सुरु, हेडक्वार्टर तानिए

  • प्रकाशित मिति : बुधबार, भदौ ९, २०७८



  • काठमाडौं । रौतहटमा पत्रकारलाई लागूऔषध मुद्दामा फसाइएको घटनामा रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय तानिएका छन् । उनलाई प्रधान कार्यालयको प्रशासन शाखामा तानिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    निमय विपरित घुमुवा राखेको र पत्रकारलाई फसाउन लागुऔषध प्रयोग गरेको सम्बन्धमा एसपी शाहमाथि छानविन शुरु भएको छ ।

    घुमुवा प्रहरीले पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फसाउन खोजेको विषयमा एसपीकै संलग्नता रहेको आरोप लागेपछि उनी प्रधान कार्यालय तानिएका हुन ।

    उक्त घटना छानविन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी कृष्ण महतको संयोजकत्वमा समिति गठन गरेको छ । पत्रकार मोजि बुल्लाह र शेख अतिउल्लाहलाई फसाउन घुमुवा प्रहरीले लागुऔषध राखिदिएको घटना सार्वजनिक भएको थियो ।

    एसपी शाहले घटना लगतै दोषी भनिएका पत्रकारसँग गरेको कुराकानीको अडिओ पनि सार्वजनिक भएको छ । नेपाल पत्रकार महासंघ रौतहट शाखाले एसपी शाहलाई तत्काल निलम्बन गरेर कारबाही गर्न माग गरेको छ ।

    गत साउन ३२ गते मोजिबुल्लाहको मोटरसाइकलबाट प्रहरीले लागुऔषध बरामद गरेको दाबी गरिएको थियो । तर लागूऔषध कारोबारमा उनीहरुको संलग्नता नदेखिएको र प्रहरीकै संलग्नता रहेको भन्दै पत्रकारलाई सोमबार छाडिएको थियो ।

    प्रहरी प्रधान कार्यालयले घुमुवा प्रहरी नराख्न गरेको परिपत्रलाई समेत बेवास्ता गरेको पनि पाइएको छ । पत्रकारलाई लागूऔषधमा फसाउन खोज्ने दुई जना घुुमवा प्रहरी पनि अहिले निलम्बनमा परेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij