प्रकाशित मिति : बिहिबार, भदौ १७, २०७८
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिनुपर्ने व्यवस्थाको सम्मान गर्दै संसद ‘फेस’ गर्ने बताउनुभएको छ । आफू पार्टी एकता बचाउनको लागि मुख्यमन्त्री बनेको बताउँदै आचार्यले राजीनामा नदिने प्रष्ट पार्नुभएको हो ।
एमालेबाट १० जना सांसदले बुधबार निर्वाचन कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि मुख्यमन्त्री आचार्यले आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै विश्वासको मत लिनुपर्ने व्यवस्थाको सम्मान गर्दै संसद ‘फेस’ गर्ने बताउनुभएको हो ।
मुख्य मन्त्री आचार्यले भन्नुभयो, ‘एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार म विश्वासको मत लिन्छु, राजीनामा दिन्न ।’ उहाँले संसदमा आफूले विश्वासको मत प्राप्त गर्ने दावी गर्नुभयो । उहाँले संसद्ले गरेको निर्णय आफूलाई स्वीकार्य हुने पनि बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij