आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेसमा नयाँ गुट थपिँदै, पाँचसम्म पुग्ने अनुमान

  • प्रकाशित मिति : शुक्रबार, भदौ १८, २०७८



  • काठमाडौं । मंसिर ९ देखि १३ सम्म १४औं महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसभित्रको आन्तरिक गुट–उपगुट केन्द्रदेखि वडा तहसम्म फैलिएको छ ।

    अघिल्लो अधिवेशनमा तीन गुट स्पष्ट देखिएको यो पार्टीभित्र १४औं महाधिवेशनमा थप गुट स्थापित हुने देखिएको छ । १२औं महाधिवेशनसम्म दुई गुट रहेको कांग्रेसभित्र १३औं महाधिवेशनसम्म आइपुग्दा तीन गुट स्थापित भएको थियो ।

    १४औं महाधिवेशनमा बढेर पाँच गुटसम्म पुग्ने अनुमान छ । यसअघि स्थापित संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा गुट, वरिष्ठ नेता रामचन्द्र पौडेल गुट र नेता कृष्णप्रसाद सिटौलाको गुट छिन्नभिन्न भएर थप गुट स्थापित हुने बाटोमा अग्रसर भइरहेको छ ।

    देउवा पक्षका नेता उपसभापति विमलेन्द्र निधिले सभापतिको घोषणा गर्दै आफ्नो टिम बनाउन थालेसँगै चौथो गुटका रूपमा निधि पक्ष स्थापित हुने निश्चित देखिएको छ ।

    देउवा गुटमा नेताहरू विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, डा। प्रकाशशरण महत, बालकृष्ण खाँण, रमेश लेखक, गोपालमान सिंह तथा महालक्ष्मी उपाध्याय, डिनालगायतका प्रभावशाली नेताहरू छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल गुटमा डा। रामशरण महत, डा। शशांक कोइराला, डा। शेखर कोइराला, प्रकाशमान सिंह, डा। मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, बलबहादुर केसीलगायतका प्रभावशाली नेताहरू छन् ।

    सिटौला गुटमा भीमसेनदास प्रधान, उमाकान्त चौधरी, शिवप्रसाद हुमागाईं, गगन थापा, प्रदीप पौडेललगायतका प्रभावशाली नेताहरू छन् । निधि गुटमा पनि प्रभावशाली नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, प्रदीप गिरीलगायत तराई क्षेत्रका थुप्रै नेता सक्रिय छन् ।

    समाचार पत्र

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij