आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तेह्रथुम पावरको आईपीओ बाँडफाँट शुक्रबार

  • प्रकाशित मिति : बुधबार, भदौ २३, २०७८



  • काठमाडौं। तेह्रथुम पावर कम्पनीको साधारण सेयर (आईपीओ) शुक्रबार बाँडफाँट हुने भएको छ । एनआईविएल एस क्यापिटलका अनुसार मंगलबार प्रिअलोटमेन्ट सकिएपछि कम्पनीको सेयर बाँडफाँट शुक्रबार गर्ने तयारी थालेको हो।

    कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार ७४ हजार ४०० जनाले मात्रै १० कित्ताको दरले शेयर पाउने छन् । बाँकी आवेदकले भने पाउने छैनन्।

    कम्पनीले ९-१३ भदौसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्काशन गरेको थियो । बिक्रीमा ल्याएको कुल सेयरमध्ये कम्पनीले दुई प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँट गर्नेछ ।

    हाल चुक्ता पुँजी २८ करोड रुपैयाँ रहेको कम्पनीको स्थानीयलाई ४ करोड र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनपश्चात् कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij