आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

माधव नेपाललाई साढे २३ प्रतिशत सांसदको साथ

  • प्रकाशित मिति : बिहिबार, भदौ २४, २०७८



  • काठमाडौं । एमालेबाट अलग भएर नेकपा ९एकीकृत समाजवादी० पार्टी गठन गरेका माधवकुमार नेपाललाई संघीय संसद्को तुलनामा प्रदेशमा बढी सांसदले साथ दिएका छन् । संघीय संसद्मा २० प्रतिशत पनि पु¥याउन नसकेका पूर्वप्रधानमन्त्री नेपालले प्रदेशमा भने साढे २३ प्रतिशत सांसदको साथ पाएका छन् । सुदूरपश्चिम प्रदेशमा त उनी नेतृत्वको एकीकृत समाजवादी पार्टी सबैभन्दा ठूलो दल बनेको छ । प्रदेश नम्बर २ मा एमालेबाट संघीय समाजवादी ठूलो दल बनेको छ ।

    एमालेले सातवटै प्रदेशमा गरेर २ सय ३२ प्रदेश सभा सदस्यमा जित हासिल गरेको थियो । जसमध्ये ५४ जना एमाले छाडेर एकीकृत समाजवादीमा आएका छन् ।

    एमाले सचिव एवं पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रदेश गण्डकीमा नेकपा एसलाई कसैले पनि साथ दिएनन् । सो प्रदेशमा एमालेका २७ सांसद रहेकोमा सबै जना एमालेमै बसेका छन् ।

    एमालेका प्रभावशाली नेता एवं पूर्वमुख्यमन्त्री शंकर पोखरेलको लुम्बिनी प्रदेशबाट नेपाललाई एक जनाले मात्र प्रदेश सासंदले साथ दिएका छन् । लुम्बिनी प्रदेशमा एमालेका ३७ सांसद रहेकोमा एक जनाले मात्रै एमाले परित्याग गरेका हुन् । एमालेबाट प्रदेश १ बाट ५१ सांसद रहेकोमा १० जनाको साथ एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई रहेको छ । यो प्रदेशमा एमालेको एकल बहुमतको सरकार रहेकोमा १० जनाको साथ टुटेपछि मुख्यमन्त्री भीम आचार्य स्पष्ट रूपमा अल्पमतमा परेका छन् ।

    प्रदेश २ मा २१ सांसद रहेकोमा १३ जनाले एकीकृत समाजवादी रोजेका छन् । यहाँ एमालेलाई आठ जनाले मात्र साथ दिएका छन् । एमाले र जनता समाजवादी पार्टीको विभाजनपछि यो प्रदेशमा एमाले दोस्रो दलबाट पाँचौं नम्बरमा पुगेको छ ।

    त्यस्तै, बाग्मती प्रदेशमा एमालेका ५६ सांसद रहेकोमा अब एमालेसँग ४३ जना मात्र सांसद बाँकी छन् । १३ जनाले एकीकृत समाजवादी रोज्दा एकल बहुमतको एमाले सरकार अल्पमतमा परेको छ ।

    यस्तै, कर्णाली प्रदेशमा एमालेका १६ सांसद रहेकोमा तीन जनाले एकीकृत समाजवादी रोजेका छन् ।

    राजधानी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij