आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमालेविरुद्ध पाँच दलीय गठबन्धन चुनावसम्मै जान्छ–माधव नेपाल

  • प्रकाशित मिति : शुक्रबार, अशोज १, २०७८



  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले मन्त्रिपरिषद अझै एक साता विस्तार नहुने बताउनुभएको छ ।

    मिनभवनस्थित केन्द्रीय कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले एक साताभित्रमा सरकारले पूर्णता पाउने भन्दै भन्नुभयो, ‘म प्रधानमन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ ।’

    आफ्ना कारणले सरकार विस्तारमा ढिलाई नभएको आशय व्यक्त गर्दै उहाँले आज भने आजै, भोलि भने भोलि नै तयार रहेको प्रतिक्रिया दिनुभयो ।

    संघीय सरकारमा सामेल हुने मात्र नभई प्रदेश १ र बागमती प्रदेश सरकारमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै भन्नुभयो, ‘सातैवटा प्रदेशमा हाम्रो सहभागीता रहनेछ ।’

    तत्काल अरु पार्टीसँग एकीकरणको सम्भावना नरहेको र आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन सँगै जाने भन्दै नेपाले भन्नुभयो, ‘हामी चुनावअघि अरु पार्टीसँग एकीकरण गर्दैनौं । यो पाँच दलीय गठबन्धनलाई निरन्तरता दिन्छौं । आउने चुनावमा पनि हामी मिलेर लड्छौं । यो गठबन्धन चुनावसम्म लैजान्छौं ।’

    दक्षिणपन्थी भासमा डुबेको एमालेसँग भने गठबन्धन नहुने उहाँले प्रष्ट गर्नुभयो । एमसीसीका निम्ति सीमा नाघेर केपी ओलीको सरकारले काम गरेकाले अहिले प्रश्न सोध्नु परेको तर्क पनि गर्नुभयो ।

    आफ्नो पार्टीले सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यता चिर्ने र यो जनतालाई अल्मल्याउन गफ दिने पार्टी नभई यथार्थवादी राजनीति गर्ने पनि उहाँको भनाइ थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij