आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

साउन महिनामा व्यापार घाटा बढ्यो, रेमिट्यान्स घट्यो

  • प्रकाशित मिति : बिहिबार, अशोज ७, २०७८



  • काठमाडौं, असोज ७ । चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाहमा १८ प्रतिशतले कमी आएको छ ।

    नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्याकं अनुसार विप्रेषण आप्रवाह १८ दशमलव १ प्रतिशतले कमी आई ७५ अर्ब ९६ करोड कायम भएको जनाएको हो ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ दशमल ० प्रतिशतले बढेको थियो । यस्तै यसै अवधीमा कुल वस्तु व्यापार घाटा ७० दशमलव ६ प्रतिशतले वृद्धि भई १ खर्ब २९ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २२ दशमलव २ प्रतिशतले घटेको थियो ।

    यस अवधीमा निर्यात र आयात दुवैमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा कुल वस्तु निर्यात ११५ प्रतिशतले वृद्धि भई २० अर्ब ७६ करोड पुगेको छ । आयातमा ७५ प्रतिशतले वृद्धि भई १ खर्ब ५० अर्ब बराबरको वस्तु आयात भएको नेपाल राष्ट्र बैंकको तथ्याकं छ ।

    गत वर्ष निर्यात ८ प्रतिशतले वृद्धि भएको थियो भने आयातमा १९ दशमलव ६ प्रतिशतले कमी आएको थियो । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, धागो जुस, पिना लगायतका वस्तुको निर्यात बढेको छ । यस्तै पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, सुन लगायतका वस्तुको आयात बढेको छ ।

    २०७८ साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ३५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३ दशमलव ४९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७४ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    यस अवधिमा चालु खाता ४७ अर्ब ९० करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २४ अर्ब ८९ करोडले बचतमा रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij