आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आइपीएल क्रिकेटमा कोलकाताद्धारा मुम्बई ७ विकेटले पराजित

  • प्रकाशित मिति : शुक्रबार, अशोज ८, २०७८



  • एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ ।

    आबुधाबीमा गएराति भएको खेलमा मुम्बइले दिएको १ सय ५६ रनको लक्ष्य कोलकाताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा ग¥यो ।

    उसका लागि राहुल त्रिपाठीले अविजित ७४ रनको योगदान दिए । भेन्कटेश आयरले ५३ रन जोडे । बलिङतर्फ मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । मुम्बईका लागि क्विन्टन डी ककले ५५ रन बनाए ।

    यो जितसँगै कोलकाताले ९ खेलमा ८ अंक जोडेको छ । कोलकाता आइपिएल अंक तालिकाको चौंथो स्थानमा उक्लिएको छ । छैटौं स्थानको मुम्बईले ९ खेलमा ८ अंक जोडेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij