आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ओलीको प्रतिवेदनमा अन्य राजनीतिक दलमाथि आरोपै–आरोप

  • प्रकाशित मिति : शनिबार, अशोज १६, २०७८



  • काठमाडौं । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रथम विधान महाधिवेशनको उद्घाटन गर्नुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थताका कारण बीचमै स्थायी कमिटी सदस्य शंकर पोखरेललाई राजनीतिक प्रतिवेदनको पूर्ण पाठ जिम्मा लगाउनुभयो ।

    अध्यक्ष ओलीको सो प्रतिवेदनले राजनीतिक दलहरूप्रति हेर्ने दृष्टिकोणबारे चर्चा र अदालत, निर्वाचन आयोग र विधेयिकाका प्रमुख सभामुखको भूमिकालाई कानुनसम्मत प्रतिवाद गरेको छ ।

    प्रमुख दुश्मन घोषणा गर्ने गल्ती सच्याएर नेपाली कांग्रेसलाई प्रमुख प्रतिस्पर्धी दलका रूपमा चित्रण गर्दा अन्य दलहरूको भूमिकाप्रति विमती, असहमति, आपत्ति र विरोध रहेको स्पष्ट पारेको छ ।

    एमालेले कांग्रेसलाई दलाल पुँजीवादी चरित्रका रूपमा उल्लेख गर्दा माओवादी केन्द्रलाई अवसरवादी एवं विभाजनकारीका रूपमा मात्र लिएको छैन । पुष्पकमल दाहालले गर्दा माओवादी केन्द्र अवसरवादी भएकोप्रति विमती रहेकोसमेत जिकिर गरेको छ ।

    मधेश केन्द्रीत दलहरूको व्यवहारप्रति असहमति जनाएको एमालेको नजरमा मधेश केन्द्रीत दल सङ्कीर्ण, यथास्थितिवादी एवं राष्ट्रियताका विषयलाई असर पु¥याउने सोच भएको बताएको छ ।

    अध्यक्ष ओलीको प्रतिवेदनले राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)लाई समेत लक्षित गर्दै राप्रपालगायतका दलहरूले मुलुकमा राजतन्त्र फर्काउन चाहने र धर्मलाई राजनीतिक हतियार बनाउन चाहेको आरोप लगाएको छ ।

    यी र यस्ता दृष्टिकोणमा मात्र सीमित बन्न नसकेको अध्यक्ष ओलीको प्रतिवेदनले एमालेलाई विभाजन गराउन र वैधानिकता दिन अदालत, आयोग र सभामुखको भूमिकालाई कानुनसम्मत प्रतिवाद गर्ने स्पष्ट पारेको छ ।

    परमादेशबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको सर्वोच्चको फैसला संविधानको अपव्याख्या भएको उसको ठहर छ । एमालेले फैसलाबाट सिर्जित राजनीतिक विकृतिहरूको मूल्य नेपालको लोकतान्त्रिक प्रणालीले लामो समयसम्म चुकाउनुपर्ने बताएको छ ।

    साढे ३ वर्ष सत्ता सम्हाल्दामा समेत ओलोचनाबाट अछुतो बन्न नसकेको केपी शर्मा ओली नेतृत्वको सरकार प्रतिपक्षको भूमिकामा महाधिवेशनमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदन समेत आलोचनात्मक बन्न सक्ने सम्भावनालाई थप बलियो बनाइदिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij