आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

खसीबोकाको मूल्य किलोमै २० रुपैयाँ घट्यो

  • प्रकाशित मिति : बुधबार, अशोज २७, २०७८



  • Mountain goats being brought to Pokhara for the Dashain festival in Pokhara, on Thursday, October 6, 2016. Photo: RSS

    काठमाडौँ — खसी बजारमा सर्वसाधारणको चहलपहल कम भएपछि व्यवसायीले खसीबोकाको मूल्य किलोमा २० रुपैयाँ घटाएका छन् ।

    स्वदेशी उत्पादनसँगै भारतबाट समेत पर्याप्त मात्रामा खसीबोका आयात भएपछि चौपाया व्यवसायी संघ कलंकीले मगलबार किलोमा २० रुपैयाँ घटाएको जनाएको छ ।

    काठमाडौंको प्रदर्शनीमार्गबाट दसैंका लागि खसी किनेर लैजाँदै उपभोक्ता । तस्बिर : कविन अधिकारी/कान्तिपुर

    ‘भारतबाट सोमबार राति ५/७ ट्रक खसीबोका भित्रियो । स्वदेशकै विभिन्न जिल्लाबाट पनि ३/४ गाडी आए, थप आउने क्रम जारी नै छ,’ संघका निवर्तमान अध्यक्ष दीपक थापाले भने, ‘पर्याप्त उपलब्धतासँगै खसीबोकाको मूल्य २० रुपैयाँ घटेको छ ।’ खसीबोका फूलपातीदेखि नवमीसम्म बिक्री हुने हुँदा व्यवसायीहरूले थप मगाइरहेका छन् । उपत्यका भित्रिने क्रम अझै जारी नै छ । जसले गर्दा मूल्य घटेको संघले जनाएको छ ।

    संघका अनुसार सोमबारसम्म कलंकी बजारमा स्वदेशी खसीबोका प्रतिकिलो ७ सय रुपैयाँसम्ममा बिक्री भएको थियो । मंगलबार प्रतिकिलो ६ सय ५० रुपैयाँदेखि ६ सय ८० रुपैयाँमा बिक्री भएको छ । भारतीय खसीबोका प्रतिकिलो ७ सय २० रुपैयाँसम्ममा बिक्री भएको थियो । मंगलबार भने प्रतिकिलो ६ सय ८० रुपैयाँदेखि ७ सय रुपैयाँसम्ममा बिक्री भएको जनाएको छ । ‘यस्तै अवस्था रहिरहे मूल्य अझै घट्छ,’ थापाले भने ।

    अहिले बजारमा स्वदेशी ५० र भारतीय ५० प्रतिशत खसीबोका कारोबार भइरहेको छ । ‘भारतीय खसीबोका लखनऊ, मध्यप्रदेश, कलकत्ता, दिल्लीलगायत क्षेत्रबाट आयात भएको छ । स्वदेशी खसीबोकाको हकमा बाँके, बर्दिया, सल्यान, सुर्केत, मन्थली, नुवाकोट, धादिङलगायतका जिल्लाबाट खरिद भएको छ,’ थापाले भने ।

    दसैंका लागि खसीबोका मुख्यतः फूलपाती, अष्टमी र नवमीमा बिक्री हुन्छ । गत वर्ष दसैंमा मात्रै ४५ देखि ५० हजार खसीबोका बिक्री भएको थियो । उक्त खसीबोका प्रतिकिलो ६ सय ६० देखि ६ सय ७० रुपैयाँमा बिक्री भएको थियो । माग बढ्दै गर्दा किलोको ८ सय रुपैयाँसम्ममा बिक्री भएको थियो । अहिले भने दसैंमै मूल्य घटाएका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij