आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चितवन राजनीतिक कुरुक्षेत्र बन्दैछ : प्रचण्ड

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७८



  • चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा ठूलो लडाइँ र टक्कर हुन लागेको बताएका छन् । माओवादी केन्द्र भरतपुर महानगर कमिटीले शुक्रबार भरतपुरमा आयोजना गरेको चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले चितवन राजनीतिक कुरुक्षेत्र बन्न लागेको बताए ।

    एमालेले चितवनमा १०औँ महाधिवेशन गर्न लागेपछि प्रचण्ड एमाले अध्यक्ष केपी ओलीविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका हुन् । ओली मानसिक रूपले हारिसकेको भन्दै उनले आफूलाई नै ताकेर चितवनमा महाधिवेशन गर्न लागेको बताए । यद्यपि एमालेले चितवनमा महाधिवेशन गर्दा आफूलाई फाइदा नै भएको उनले बताए ।

    ‘देशभरिको ध्यान चितवनमै छ । देशबाहिरका मान्छेको ध्यान पनि विस्तारै चितवनमै केन्द्रित हुँदै छ’, उनले भने, ‘चितवनमा चुनाव मात्रै हुनेवाला छैन । यहाँ ठूलो लडाइँ हुनेवाला छ । ठूलो टक्कर हुुँदै छ ।’ अबको संघर्ष दुईवटा वर्ग र विचारबीचमा लडाइँ भएको उनले बताए ।

    ओली प्रवृत्तिमा हिजोका राजामहाराजा र तिनका आसेपासेदेखि लिएर संघीय गणतन्त्रलाई मन नपराएका विदेशी प्रतिक्रियावादी रहेको उनले आरोप लगाए । त्यस्तो प्रवृत्तिविरुद्ध नेपाली जनता र त्यसको नेतृत्व गर्ने माओवादी केन्द्र लड्न लागेको उनले बताए ।

    ‘यतिबेला यसरी नेपाली राजनीति दुई कित्तामा विभाजित छ । दुई कित्ताबीचको लडाइँको केन्द्रबिन्दु चितवन हुने खतरा भनुँ वा गौरव प्राप्त हुँदै छ’, उनले भने, ‘जनताले जित्ने हो कि वैरीले जित्ने हो भन्नेको फैसला चितवनको लडाइँमा देखिनेवाला छ ।’

    माओवादी केन्द्र र आफूविरुद्ध लड्नकै लागि एमालेले चितवनमा महाधिवेशन गर्न लागेको उनले दाबी गरे । राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति ल्याएर नभएपछि एमालेले महाधिवेशन नै यहीँ गर्न लागेको उनले बताए । कतिपयले प्रचण्ड अब डराएर चुनाव लड्न अरु नै जिल्लामा जान लागेको भन्ने थाहा पाएको भन्दै उनले आफू डराउने खालको मान्छे नभएको बताए । चितवन छाडेर कतै नजाने भन्दै उनले अबको चुनावमा सबै प्रतिगमनकारीलाई बढार्न मन लागेको उल्लेख गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij