आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पहिरोपीडितलाई राहत दिने गृहमन्त्रीको आश्वासन

  • प्रकाशित मिति : बुधबार, कार्तिक १७, २०७८



  • बझाङ । गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरो प्रभावित सुदूरपश्चिमको बझाङका विभिन्न ठाउँको स्थलगत भ्रमण गरी पीडितलाई राहतको आश्वासन दिनुभएको छ ।

    हेलिकोप्टरबाट जिल्लाको खप्तडछान्ना र थलारा गाँउपालिका पुग्नुभएका गृहमन्त्री खाँणले बाढीपीडित परिवारको अवस्थाबारे जानकारी लिनुभयो ।

    बाढी प्रभावित तथा ज्यान गुमाएका परिवारलाई तत्कालै सरकारले प्रतिपरिवार ५० हजारसम्म आर्थिक सहयोग गर्ने मन्त्री खाँणले जानकारी दिनुभयो । साथै खाँणले संकटग्रस्त जिल्ला घोषणा गर्न पहल गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    कात्तिक महिनाको पहिलो साता आएका बाढी पहिरोका कारण ६ जनाको मृत्यु भएको थियो भने २३ जना बेपत्ता मध्ये ४ जनाको मात्रै शव फेला परेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij