आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सल्यान बस दुर्घटना १२को मृत्यु २८ घाइते ८ को हेलिकप्टरबाट उद्धार (विवरण सहित)

  • प्रकाशित मिति : आइतवार, कार्तिक २१, २०७८



  • आइतबार बिहान भएको बस दुर्घटनामा परी गम्भीर घाइते मध्ये आठ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको छ । २८ घाइते मध्ये गम्भीर घाइते भएका ८ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    हेलिकप्टरमा उद्धार गरिएका विरामीहरुमा तुलसीपुर उपमहानगरपालिका ११ की ७ वर्षीया करिना खड्का, सल्यान छत्रेश्वरी गाउँपालिका – का २५ वर्षीय खिमराज ओली, दाङ दंगिशरण गाउँपालिकाकी ३२ वर्षीया द्धारिका खड्का, शोही ९बस्नेत २२ वर्षीया विन्दु भडेल, प्यठान बागदुलाकी ५२ वर्षीया राधा पण्डित, सल्यान कुमाख गाउँपालिका – ७ की २५ वर्षीया निरुता डिसी, उनको १६ वर्षीया छोरी विना विष्ट, छत्रेश्वरी गाउँपानलिका – ६ का ४० वर्षीय धननाथ योगी रहेका छन् ।

    यसैगरी अन्य घाइते हुनेहरुमा सल्यान शारदा नगरपालिका – ८ की ५० वर्षीया मनकुमारी ओली, जिल्ला राङसी बस्ने २५ वर्षीया अनिता डाँगी, उनको ३ वर्षीय छोरा आयुस डाँगी, दाङ घोराही उपमहानगरपालिका १५ बस्ने ५० वर्षीय प्रमोद गौतम, दाङ तुलीपुर उपमहानगरपालिका ९ की ३८ वर्षीया विमला घर्ती, शोही ठाउँ बस्ने २८ वर्र्षीया अमृता भडेल, उनको १० वर्षीय छोरा जेनिशा भडेल, ७ वर्षीय छोरा जेदान भडेल रहेका छन् । सल्यान छत्रेश्वरी गाउँपालिका ३ को २९ वर्षीय खिम बहादुर डाँगी, दाङ तुलसीपुर उपमहानगरपालिका ११ बस्ने ४६ वर्षीया देविका योगी रहेका छन् ।

    यस्तै तुलसीपुर उपमहानगरपालिका २ बिजौरीका २१ वर्षीया रुपमिना घर्ती, सल्यान शारदा नगरपाकिला ५ बस्ने ५५ वर्षीया बेलि विष्ट, उनको अन्दाजी ३ वर्षीया छोरी रोजि घर्ती, शोही ठाउँको २१ वर्षीय भुवन डाँगी, छत्रेश्वरी गाउँपालिका – ६ को २० वर्षीय भिषण डाँगी, शारदा नगरपालिका २ का ४६ वर्षीया टोपेन्द्र ओली, शोही ठाउँका २६ वर्षीय रबिन खान, उनको श्रीमती २५ वर्षीया सिमरन खान, त्रिवेणी गाउँपालिका – ६ का २१ वर्षीय पोषण डाँगी, दाङ हंसपुरकी तिला ओली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिए । अन्य घाइतेहरुको नेपाल, दाङ र सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

    आइतबार सल्यान खलंगाबाट दाङ तुलीपुरका जाँदै गरेको रा १ ख २५५२ न बस सल्यान कपुरकोट गाउँपालिका – ५ खारखोलामा दुर्घटना भएको थियो । दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । मृत्यु भएका १२ मध्ये अहिलेसम्म ९ जनाको मात्र सनाखत भएको छ भने ३ जनाको सनाखत हुँन बाँकी रहेको प्रहरी प्रमुख थापाले बताए । मृत्यु हुनेहरुमा शारदा नगरपालिका –१२ हाल दाङको तुलसिपुर उपमहानगरपालिका ६– बस्ने ५३ वर्षकी प्रभा चलाउने, शारदा नगरपालिका –२ कि ६१ वर्षीया मिना डाँगी, सल्यान शारदा नगरपालिका– ३ की ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी गाउँपालिका –१ काभ्रा की २४ वर्षीया मिना शाही, दाङको बबई गाउँपालिका – ४ की ६० वर्षीया डुलि रेउले छन् ।

    यसैगरी दुर्घटनामा दाङ बबई गाउँपालिका – ६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायनपुरकी – ६५ वर्षीया ईन्द्रा अधिकारी सल्यानको छत्रेश्वरी गाउँपालिका –२ का २९ वर्षीय तिलक ओली र दाङ शान्तिनगर गाउँपालिका –८ की ३५ वर्षीया सावित्रा केसी रहेका छन् ।

    सल्यन खबरबाट सभार

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij