आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमाले सुदूरपश्चिम कमिटीको बैठक राखिएमा भीम रावलको आपत्ति, कथित गूटको अवैध बैठकको संज्ञा

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २३, २०७८



  • काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक गर्न लागिएकामा आपत्ति जनाउनुभएको छ ।

    आज गर्न लागिएको उक्त बैठक दश बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ विपरीत भएको भन्दै आपत्ति जनाउनुभएको हो ।

    समाजिक सञ्जाल ट्वीटरमार्फत् नेता रावलले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई कथित र गूटबन्दी भन्दै अवैधको संज्ञा दिनुभएको छ ।

    अध्यक्ष ओलीको जिल्लामा लागू हुने प्रावधान सुदूरपश्चिममा किन लागू नहुने प्रश्न गर्दै रावलले लेख्नुभएको छ, ‘आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ । यो गुटबन्दीको नमूना हो । यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन ? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि ?’

    सुदूरपश्चिमको ईन्चार्ज रहनुभएका रावलको स्थानमा अध्यक्ष ओलीले माओवादीबाट एमाले प्रवेश गरेका लेखराज भट्टलाई उक्त भूमिका दिएपछि आपत्ति जनाउँदै आउनुभएको छ । एमालेमा माधव नेपाल पक्षका मानिनुहुने रावल पार्टी विभाजन हुने क्षणमा नेपाललाई साथ नदिई एमालेमै बस्नुभएको थियो ।

    तर, अध्यक्ष ओलीले रावलको भूमिका खुम्च्याइदिएपछि उहाँ रुष्ट बन्नुभएको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij