आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमसीसी अमेरिकाले फिर्ता लैजानु श्रेयस्कर– बामदेव गौतम

  • प्रकाशित मिति : बुधबार, कार्तिक २४, २०७८



  • काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजना फिर्ता लैजान अमेरिकालाई आग्रह गर्नुभएको छ ।

    बुधबार प्रेस विज्ञप्ति जारी गर्दै गौतमले एमसिसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको उल्लेख गर्नुभएको छ ।

    ‘नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकारले र संसद्ले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न,’ विज्ञप्तिमा लेखिएको छ, ‘यस्ता अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकार समक्ष एमसिसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’

    एमसिसी सम्झौताले नेपालका छिमेकी मुलुकहरूसँग सम्बन्ध बिग्रने आशंका व्यक्त भइरहेको भन्दै उहाँले सम्झौता कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको उल्लेख गर्नुभएको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij