आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमालेको प्रतिनिधि चयन सम्पन्न, केन्द्रीय कार्यालयमा बुझाइयो १९ सय ९९ जनाको नाम

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ३०, २०७८



  • काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशनका लागि प्रतिनिधि चयन सम्पन्न भएको छ ।

    गत शनिबारदेखि जारी प्रतिनिधि चयनको क्रम मंगलबार सकिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । रसुवाबाट ७ जना प्रतिनिधि चयन भएसँगै महाधिवेशनका लागि १ हजार ९ सय ९९ जना प्रतिनिधि चयन भएको उहाँले बताउनुभयो ।

    चयन भएका प्रतिनिधिको विवरण मंगलबारसम्म केन्द्रीय कार्यालयमा बुझाइसक्ने महाधिवेशनको कार्यतालिका थियो ।

    पदाधिकारीसहित २ सय २५ जनाको केन्द्रीय कमिटी र अनुशासन आयोग तथा लेखा आयोग गरी १५/१५ जना निर्वाचित हुने छन् । एमालेले यसपटकको महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गर्ने तयारी गरेको छ ।

    विधान महाधिवेशन सकाएको एमालेले अबको महाधिवशेनमा नेतृत्व चयन गर्नेछ । एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij