आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

२ अर्ब २५ करोड तीन महिनामा नाफा टेलिकमको

  • प्रकाशित मिति : बुधबार, मंसिर १, २०७८



  • । नेपाल टेलिकमले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नाफा बढाएको छ । टेलिकमका अनुसार (२०७८ असोज मसान्त) मा दुई अर्ब २५ करोड ९९ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

    कम्पनीले मंगलबार सार्वजनिक गरेको प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको यही अवधि (२०७७ असोज मसान्त)को तुलनामा ४८.९ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार रुपैयाँ मुनाफा गरेको थियो ।

    गत वर्षको प्रथम त्रैमासिक अवधिमा कम्पनीको सञ्चालन आय ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा १ अर्ब १३ करोड ९९ लाख ५४ हजार रुपैयाँ (अर्थात, १३.२ प्रतिशत) ले वृद्धि भई ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार गत आवको प्रथम त्रैमासिकको कुल आय १० अर्ब १० करोड ४४ लाख ७५ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा कुल आय ८४ करोड ७८ लाख ७१ हजार (अर्थात, ८.३९ प्रतिशत) रुपैयाँले वृद्धि भई १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रुपैयाँ रहेको छ ।

    यस्तै गत आवको प्रथम त्रैमासिक अवधिमा ईबीआईटीडीए ३ अर्ब ९७ करोड ४ लाख ९१ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा ८४ करोड ४९ लाख ५७ हजार (अर्थात, २१.२८ प्रतिशत) रुपैयाँले वृद्धि भई ईबीआईटीडीए ४ अर्ब ८१ करोड ५४ लाख ४८ हजार रुपैयाँ पुगेको छ ।

    फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एसएमएस सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुन जाँदा कम्पनीको आम्दानीमा सकारात्मक प्रभाव परेको कम्पनीको भनाइ छ ।

    ओटीटीको वढ्दो प्रयोगले अन्तर्राष्ट्रिय कल तथा अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको गिरावट कायमै रहेतापनि अनलाइन व्यवसाय, अनलाइन कक्षाहरु, सोसल नेटवर्किङ, इन्टरनेट बेस इन्टरटेन्मेन्ट आदिमा भएको वृद्धिको कारणले कम्पनीको भ्वाइस सेवा, डाटा सेवा र एसएमएस सेवामा गत वर्षको प्रथम त्रैमासिक अवधिको तुलनामा चालु आवको सोही अवधिमा सुधार आई क्रमशः करिब ७ प्रतिशत, १५ प्रतिशत र ३३५ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij