आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सर्वोच्चले तयार पार्‍यो गोलाप्रथाद्वारा मुद्दा हेर्ने कार्यविधि मस्यौदा

  • प्रकाशित मिति : बुधबार, मंसिर १, २०७८



  • काठमाडौं । सर्वोच्च अदालतले गोलाप्रथाद्वारा मुद्दा सुनुवाइ गर्नेसम्बन्धी कार्यविधिको मस्यौदा तयार पारेको जनाएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको एउटा एजेन्डा बनेको गोलाप्रथाको मस्यौदा तयार भएको भन्दै जबराले फुलकोर्ट बैठक डाकेर पारित गर्ने तयारी थालेका छन् ।

    न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको एउटा समितिको सिफारिसअनुसार तयार पारिएको कार्यविधिलाई ‘गोलाप्रथाद्वारा पेसी व्यवस्थापन कार्यविधि मस्यौदा-२०७८ नाम दिइएको छ ।

    गोलासम्बन्धी कार्यविधिको मस्यौदाको परिच्छेद ५ मा गोला तान्नेसम्बन्धी विधि उल्लेख गरिएको छ । गोला तान्ने प्रयोजनका लागि समान रूप, रंग, आकार र बनोटका गोटी प्रयोग गरिने उल्लेख छ ।

    यस्तो गोटीलाई अपारदर्शी थैलीमा राख्ने र वरिष्ठताका आधारमा सबै न्यायाधीशले थैलीबाट एक-एकवटा गोटी तान्नुपर्नेछ । जुन गोटीको निगरानी सीसीटिभीले गर्ने कार्यविधि मस्यौदामा उल्लेख छ ।

    यस्तो गोटीलाई पेसी व्यवस्थापनमा खटिएका कर्मचारी र सूचना प्राविधिकले सम्बन्धित न्यायाधीशको इजलासमा र संयुक्त इजलास गठन हुने गरी प्राथमिकता निर्धारण गर्नेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij