आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रिमियर लिगमा चेल्सी र लिभरपुल विजयी

  • प्रकाशित मिति : आइतवार, मंसिर ५, २०७८



  • एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुल विजयी हुँदा म्यान्चेस्टर युनाइटेड पराजित भएको छ । लिग तालिकाको शिर्ष स्थानमा रहेको चेल्सीले लेस्टर सिटीलाई ३–० ले हरायो ।

    लेस्टर सिटीको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन एन्टोनियो रुडिगर, एन्गोलो कान्टे र क्रिश्चियन पुलिसिकले एक एक गोल गरे । जितसँगै चेल्सीले लिगमा १२ खेलबाट २९ अंक जोडेको छ ।

    समान खेलबाट २५ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ । लिभरपुलले गएराति आर्सनलमाथि ४–० को जित निकाल्यो । खेलमा लिभरपुललाई विजयी गराउन सादियो माने, डिएगो योटा, मोहोमद सालाह र मिनामिनोले एक एक गोल गरे ।

    प्रिमियर लिगकै अर्को खेलमा वाट्फोर्डले म्यान्चेस्टर युनाइटेडलाई ४–१ ले हराउँदा वुल्भरह्याम्पटन वान्डरर्सले वेष्ट ह्याम युनाइटेडमाथि १–० को जित निकाल्यो । एस्टन भिल्लाले ब्राइटनलाई २–० ले हराउँदा बर्न्ले र क्रिष्टल प्यालेस तथा न्युकासल युनाइटेड र ब्रेन्टफोर्डले ३–३ गोलको बराबरी खेलेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij