आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रोल्पा कांग्रेस सभापतिमा किशोर विजयी

  • प्रकाशित मिति : बुधबार, मंसिर ८, २०७८



  • रोल्पा ।नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोर आचार्य विजयी भएका छन् । आचार्यले प्रतिस्पर्धी मानबहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

    आचार्यले ५०२ मत प्राप्त गर्दा खत्रीले ४४० मत पाएका थिए । कार्यसमितिको अन्य पदाधिकारीमा पनि आचार्यको प्यानल विजयी भएको छ । कार्यसमितिको उपसभापितमा कविता उपाध्यायले ४७५ र हरिबहादुर पुनले ५०३ मत प्राप्त गरी विजयी भएका छन् । उपसभापतिको प्रतिस्पर्धी अमृत घर्तीले ४३० र लेखमणि डाँगीले ४४२ मत प्राप्त गरेका थिए ।

    यसैगरी सचिवमा तिलबहादुर बुढाथोकी ५१३ र शेरबहादुर थापाले ४४५ मत प्राप्त गरी विजयी भएका छन् । सचिवका प्रतिस्पर्धी दीपक श्रेष्ठ ४०८ र रेगबहादुर पुनले ३९७ मत प्राप्त गरेका थिए । सहसचिवमा गंजबहादुर क्षेत्री ५५३ र सुनिलकुमार वली ४७२ मत प्राप्त गरी विजयी भएका छन् । सहसचिवका प्रतिस्पर्धी लीलाधर आचार्य २६६ र हुकुम बुढाले ३८१ मत प्राप्त गरे । कूल एक हजार ९३ मतदाता रहेको रोल्पा कांग्रेसको निर्वाचनमा एक हजार ४२ मत खसेको निर्वाचन अधिकृत सूर्यबहादुर वलीले जानकारी दिए ।

    निर्वाचनमा मानबहादुर खत्री र किशोरकुमार आचार्यले सभापतिमा प्रतिस्पर्धा गरेका थिए । कार्यसमिति सदस्य र महाधिवेशन प्रतिनिधिको मतगणना चलिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij