आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

देउवा पक्षले सत्ताको दुरुपयोग गरे-शेखर कोइरा

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १०, २०७८



  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको जिल्ला अधिवेशनमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षले सत्ताको दुरुपयोग गरेको आरोप लगाउनुभएको छ ।

    कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी अधिवेशनमा रोल्पा, खोटाङ, रसुवा र रुपन्देहीमा प्रहरी प्रशासनको नाङ्गो हस्तक्षेप र अमर्यादित कृयाकलाप देखिएको भन्दै कोइरालाले त्यसप्रति आपत्ति जनाउनु भएको छ।

    कोइरालाले सामाजिक सञ्जाल मार्फत बर्तमान सरकारले सत्ताको चरम दुरुपयोग गरेर जिल्लाहरुमा खटिएका निर्वाचन अधिकृतहरुलाई धम्क्याउने, तर्साउने र प्रहरीले बिच बाटोबाट पक्राउ गर्ने कार्य गरेको भन्दै त्यसको विरोध गर्नुभएको छ ।

    कोइरालाले भन्नुभएको छ “ पार्टीको आन्तरिक र सांगठनिक कृयाकलापमा कुनै पनि दखल नदिन र हस्तक्षेप नगर्न प्रहरी प्रशासनको ध्यान आकृष्ट गराउँन चाहन्छु।कांग्रेस पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासमा गृह प्रशासनको काम शान्ति सुरक्षा दिने मात्रै हो।”

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij