प्रकाशित मिति : आइतवार, मंसिर १२, २०७८
काठमाडौं। मुलुकको सबैभन्दा ठूलो दल नेकपा एमालेको दशौं महाधिवेशन चितवनमा जारी छ। शुक्रबार खुल्लासत्र सुरु भएको महाधिवेशनमा (आज) शनिबार बन्दसत्रका कार्यक्रम हुँदैछन्। महाधिवेशनमा सहभागी हुन मुलुकभरबाट एमाले प्रनितनिधि र कार्यकर्ता चितवनमा भेला भएका छन्। यो महाधिवेशनमा अध्यक्ष ओलीले मुलुकभरका सवारी साधनले बोक्न र भ्याउन सक्ने जति मानिस चितवन ल्याउने बताएका थिए।
यतिबेला एमाले विभाजित छ। केपी शर्मा ओलीसँग असहमत हुने नेताहरु माधव नेपाल, झलनाथ खनालले नयाँ दल खोलेका छन् भने बामदेव गौतमजस्ता नेतापनि एमालेमा छैनन्। पार्टी विभाजनको क्षति व्यहोरको एमालेको महाधिवेशनमा भने जनसागल उर्लियो। कतिसम्म भने एमालेको महाधिवेशनमा सहाभागी हुन आएका प्रतिनिधि र
कार्यकर्तालाई धान्न चितवनलाई हम्मेहम्मे परेको छ। तुलनात्मक रुपमा ठूलो सहर मानिने चितवनका सडक, चोक र खाली ठाउँमा समेत खुट्टा राख्ने ठाउँ छैन।
शुक्रबारको उद्घाटन सत्र हेर्न नारायणी नदीको पुलमा भेला भएका मानिसका कारण पुल नै हल्लिएपछि प्रहरीले भीड नियन्त्रण गर्नु परेको थियो। कार्यकर्ताको भीड उल्लेख्य भएपछि चितवन शुक्रबार रातिसरम्म अस्तव्यस्त बनेको थियो। कार्यकर्ता बोकेर आएका कतिपय सवारी साधन न चितवनका सीमानाकाबाट नै फर्काएको एमालेले जनाएको छ।
चितवन ट्राफिक प्रहरीको रेकर्ड अनुसार शुक्रबार साना ठूला गरेर १९ हजार ८ सय ४० सवारी साधन चितवन भित्रिएका छन्। सवारी साधनको चाप अत्याधिक बढेपछि प्रहरीले तथ्यांक नै नराखेको ट्राफिक प्रहरीले जनाएको छ। प्रहरी तथ्यांक अनुसार शुक्रबार मात्रै तीन लाख ७० हजार नागरिक चितवन प्रवेश गरेका छन्। त्यसमा चितवनको संख्या समावेश गरिएको छैन।
मानिसको अत्याधिक चापका कारण टेलिफोनको नेटवर्कले काम नगर्दा सेवाग्राही समस्यामा परेका छन्। नेपाल टेलिकम र एनसेलको नम्बर नेटवर्क व्यस्त भन्दै आज शनिबार पनि राम्रोसँग काम गर्न सकको छैन।
चितवन र आसपासका होटल एमालेले महाधिवेशन प्रतिनिधिका लागि बुक गरेका कारण सर्वसधारणले होटल पाउन समस्या छ। विशेष गरी सौराहामा कुनै पनि होटल खाली छैनन्। अत्याधिक सवारी साधन र मान्छेको चापका कारण हिँड्नलाई पनि समस्या भएको छ।
आज एमालेको बन्दसत्र सौराहामा हुँदैछ, त्यसका लागि अधिकांश प्रतिनिधि सौराहामा आएका छन्। जसका कारण पर्यटकीय नगरी सौराहासमेत अस्तव्यस्त बनेको छ। ठूलो संख्यामा सुरक्षाकर्मी र स्वयंसेवक खटिएका छन्। उनीहरुले स्थितिलाई सकेसम्म सरल बनाउने कोशिश गरिरहेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij