आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“म पनि राप्रपा जस्तै राष्ट्रवादी हाे”- प्रचण्ड

  • प्रकाशित मिति : बुधबार, मंसिर १५, २०७८



  • काठमाण्डाै । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जस्तै राष्ट्रवादी भएको बताउनुभएको छ ।
    आज बुधवारदेखि काठमाण्डाैमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा बोल्दै अध्यक्ष दाहालले आफ्नो राष्ट्रवाद र राप्रपाको राष्ट्रवाद उस्तै भएको टिप्पणी गर्नुभएको हो । उहाँले राप्रपा र आफ्नो पार्टीको मत भने नमिल्ने स्पष्ट पार्नुभयो । तर पनि राप्रपाले संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्न सघाएर भिन्न परिस्थितिमा भिन्न खालको देशभक्ति देखाएको अध्यक्ष दाहालको तर्क थियो ।
    अध्यक्ष दाहालले राप्रपाले इतिहासतिर फर्केर राष्ट्रवादको कुरा उठाउने गरेको उल्लेख गर्दै आफूहरूले नेपाली नागरिकलाई राष्ट्रवादको मुख्य आधार बनाएर अघि बढेको दाबीसमेत गर्नुभयो । उहाँले भन्नुभयो , ‘हाम्रो मत त मिल्दैन । म गणतन्त्रवादी, धर्म निरपेक्षतावादी । तर म पनि तपाईँहरूजस्तै राष्ट्रवादी । राष्ट्रवादको व्याख्या गर्दा दुइटा आधारभूत कुरा छन् । एउटा राष्ट्रवाद भन्नेबित्तिकै अघि बढी हिजोको इतिहासमा भएका सकारात्मक र गौरवपूर्ण कुराहरूलाई आधार बनाएर अहिले पनि इतिहासतिर फर्कने राष्ट्रवाद । अर्काे, नेपालको सम्पूर्ण नागरिकलाई राष्ट्रवादको आधार मान्दै नागरिकतिरै फर्कन खोज्ने राष्ट्रवाद । मैले यो देशका सबै मजदुर, किसान, सबै उत्पीडित मधेशी, आदिवासी, जनजाति, दलित, महिला, थारुलगायत सबैको पहिचान र अधिकारको लडाइँ लडेकै हो । म राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, कार्यकर्ताहरूलाई यस अर्थमा पनि धन्यवाद दिन चाहन्छु– तपाईँहरू आफ्नो राजनीतिक विचार र मतमा भिन्न हुँदा हुँदै पनि देशमा राजनीतिक अस्थिरता र अराजकता पैदा नहोस् भन्नका निम्ति, देशले गति लिइराखोस् भन्नेका निम्ति संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन तपाईँहरूले गरेको योगदानलाई मैले भिन्न परिस्थितिमा गरेको देशभक्ति ठान्दछु ।’
    अध्यक्ष दाहालले राजनीतिक विचारधारा फरक भएर पनि राप्रपाका नेता, कार्यकर्ताहरूले देशमा राजनीतिक अस्थिरता हुन नदिनका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा साथ दिएको विश्वास समेत व्यक्त गर्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij