आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

घाइते अर्थतन्त्र झन् मर्माहत हुँदै

  • प्रकाशित मिति : शनिबार, मंसिर २५, २०७८



  • sf7df8f}F, #) c;f/ M gjlgo'Qm cy{dGqL hgfb{g zdf{ a'waf/ cy{ dGqfnodf cfkmgf] kbef/ u|x0f kl5 dftxtsf sd{rf/LnfO{ lgb]{zg lbg'x'Fb} . t:jL/ M /Tg >]i7, /f;; .

    काठमाडौं । अर्थमन्त्रालयलाई विशुद्ध प्राविधिक मन्त्रालय मानिन्छ । यो मन्त्रालय हाँक्ने सारथीले त्यहाँको संरचनागत मूल्य बुझ्ने मात्र हैन, तीन करोड जनताको व्यवस्थापकीय अभिभावकत्व लिने क्षमता राख्नुपर्छ ।

    अझ राजश्व जम्मा गर्ने जिम्मेवारी बोकेको मानिस फूलबाट पराग जम्मा गर्ने मौरीजस्तै हुनुपर्छ भन्ने मान्यता छ । अर्थशास्त्रमा भावना नभई अंकको वर्चस्व रहन्छ ।

    संघीय संसदको अर्थसमिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माले संकटतिर उन्मुख अर्थतन्त्रको अवस्था प्रस्तुत गर्दै हालको अवस्था आउनुको दोष पुराना नीति र निर्णयलाई दिएर आफू पन्छनुभयो । तर्कबाटै अर्थशास्त्रीय ज्ञानको कमजोरी लुकाउन सक्रिय रहँदै आउनुभएका मन्त्री शर्माले ७ प्रतिशत आर्थिक वृद्धिद्धर हुने दाबी समेत गर्नुभयो ।

    दाबीमा वस्तुगत आधार थिएन । बरु आफूमाथि प्रश्न उठाउने विरुद्ध प्रतिशोधको अंश बढी थियो । आफूलाई अर्र्थशास्त्रीय ज्ञान नभएको भन्नेलाई कटाक्ष गर्दै उहाँले आर्थिक वृद्धिदर गरेरै देखाइदिने प्रतिवद्धता जनाउनुभयो ।

    अर्थशास्त्रलाई जित्ने शर्माको तर्कशास्त्र यतिमै सकिँदैन । उहाँले मासिक १० प्रतिशत खर्चको रटान सुनाउँदै आए पनि त्यो पानीमा लेखिएको संस्मरण जस्तो भएको छ । अर्थमन्त्री शर्माकै योजना कार्यान्वयन हुन्थ्यो भने यतिबेला मासिक ३६ अर्ब ६६ करोड खर्च हुनुपर्ने हो ।

    तर, वितेको झण्डै पाँच महिनामा खर्च भएको २६ अर्ब ९५ करोडको अंकले मन्त्रीको योजनालाई नै उपहास गरेको छ । यो अत्यन्त न्यून खर्च हो । अन्य मन्त्रालयका सचिव वा मन्त्रीले पुँजीगत खर्च वृद्धिको प्रतिबद्धता नै नगर्ने तर अर्थमन्त्रीले मात्रै पटक–पटक पुँजीगत खर्च वृद्धि गर्छु भन्नु फगत रहर हुने जानकारहरू बताउँछन् ।

    राजश्व २ सय प्रतिशत पुर्‍याउने, मोबाइल, गाडी नेपालमै उत्पादन गर्ने जस्ता मन्त्रीका विचारलाई अर्थशास्त्रीहरूले नै भावात्मक आत्मरति भनेका छन् । शर्माको अभिव्यक्ति पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई नै पचेन ।

    अहिले अर्थतन्त्रको जिम्मेवारी बोक्ने महत्वपूर्ण निकायहरू राष्ट्रिय योजना आयोग उपाध्यक्ष विश्व पौडेल र र नेपाल राष्ट्र बैंकका गभर्नरले नेपालको अर्थतन्त्रको लामो अध्ययन गरेका छन् । अर्थमन्त्रालयमा दुई सचिव छन् ।

    तर, उनीहरू मौन छन् भने अर्थमन्त्री मात्रै बोलिरहेका छन् । यसरी हेर्दा पनि अर्थमन्त्री शर्माले आफैँ मात्रै बोलेर अरुलाई बोल्ने मौकै नदिएको जानकारहरू बताउँछन् ।

    मुलुकको अर्थतन्त्र हाँक्ने व्यक्ति पहिलो त प्राविधिक हुनुपर्छ, त्यो नभए सिक्ने क्षमता र जिज्ञासा हुनु आवश्यक छ । यी दुवै नहुनु भनेको पदको चरम दुरुपयोग हो ।

    त्यसैले घाइते अर्थतन्त्र बौर्‍याउनु सट्टा झन मर्माहत बन्ने बाटोबाट जोगाउनु अहिलेको परम दायित्व हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij