आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेतृत्वको प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरें : पौडेल

  • प्रकाशित मिति : शनिबार, मंसिर २५, २०७८



  • काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहेको बताउनुभएको छ ।

    शनिबार विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता पौडेलले आफूले बुझेको कांग्रेसमा विचलन आइरहेको भन्दै नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने घोषणा गर्नुभएको हो ।

    उहाँले आफू राष्ट्रिय राजनीतिमा रहिरहने स्पष्ट पार्दै लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउन सम्पूर्ण प्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

    पौडेलले कांग्रेसलाई सत्ताको भर्याङ सीमित भइरहेको भन्दै संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको आरोप लगाउनुभयो ।

    १४औं महाधिवेशनमा आइपुग्दासम्म आफूले अनेक प्रपञ्च भोगेको दुखेसो पोख्दै उहाँले मझधारमा आएर आफूले प्रतिस्पर्धाको मैदान छाड्नुपरेको बताउनुभयो ।

    यद्यपि आफू इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृतति र गलत प्रवृत्तिविरुद्ध भने लडिनै रहने उहाँको प्रतिवद्धता छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij