आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेस महामन्त्री पदको मतगणना अहिले ८ बजेदेखि सुरु गरिंदै

  • प्रकाशित मिति : बिहिबार, पुस १, २०७८



  • काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना आज बिहान ८ बजेदेखि सुरु गरिंदै छ । अहिले बिहान ८ बजेदेखि महामन्त्रीको मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन समितिका एक सदस्यले जानकारी दिनु भएको छ ।

    निर्वाचनबाट दुई जना महामन्त्री चुनिने छन् । महामन्त्री पदको लागि गगन थापा, विश्वप्रकाश शर्मा, डा मिनेन्द्र रिजाल, डा प्रकाशशरण महत प्रदिप पौडेल र डा. राजाराम कार्कीबीच प्रतिस्पर्धा छ ।

    सभापति शेरबहादुर देउवा समूहबाट महत र पौडेल, डा. शेखर कोइराला समूहबाट थापा र रिजाल, प्रकाशमान सिंह समूहबाट शर्मा तथा विमलेन्द्र निधि समूहबाट कार्की महामन्त्रीको उम्मेदवार छन् ।

    यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ । सभापतिमा शेरबहादुर देउवा तथा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनु भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij