आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विधिको शासन कायम गर्न कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ : प्रधानमन्त्री

  • प्रकाशित मिति : बिहिबार, पुस ८, २०७८



  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विधिको शासन कायम गर्न विद्यमान कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

    बिहीबार महान्यायाधिवक्ताको कार्यालयको ७१ औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकमा विधिको शासन कायम गर्नका लागि विद्यमान कानूनहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको हो ।

    उहाँले विधिको शासन र कानूनी राज्य लोकतन्त्रको आधारशिला भएको उल्लेख गर्नुभयो । मुलुकको शासन प्रभावकारी र पूर्वाग्रहरहित ढंगले चलाउनु राज्यको महत्वपूर्ण जिम्मेवारी भएको उहाँले बताउनुभयो ।

    महान्यायाधिवक्ताको कार्यालयले स्थापना कालदेखि नै विधिको शासन प्रवद्र्धन गर्ने काममा भुमिका खेलिरहेको उहाँको भनाई छ । उहाँले कानूनको प्रभावकारी कार्यान्वयन र मानव अधिकारको संरक्षणमा महान्यायाधिवक्ताको कार्यालय र सरकारी वकिलहरुको भुमिकाको प्रशंसा समेत गर्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij