आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमसीसी रोक्न सशक्त आवाज उठाउनुपर्छ : नेता रावल

  • प्रकाशित मिति : शनिबार, पुस १०, २०७८



  • काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले एससीसीको विरोधमा सशक्त ढंगले आवाज उठाउनुपर्ने बताउनुभएको छ ।

    शनिबार काठमाडौंमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका रावलले एमसीसी संसदबाट पारित भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा रहेको औंल्याउँदै त्यसलाई रोक्न सबैले आवाज उठाउनुपर्ने बताउनुभयो ।

    नेता रावलले एमसीसी संशोधन विनानै संसदबाट पारित गरिए त्यसले मुलुकलाई शक्ति राष्ट्रहरूको द्वन्द्व र संघर्षमा परिणत गर्ने चेतावनी समेत दिनुभयो । उहाँले कुनै पनि देशभक्त नेपालीले त्यो सम्झौंता मान्न नसक्ने अडान पनि दोहाेर्‍याउनुभयो ।

    ‘राष्ट्रिय स्वाधिनता कुनै पनि सर्तसँग सट्टपट्टा गर्न सकिँदैन, यदि कोही पनि नेपाली देशभक्त छ भने एमसीसीको विरुद्धमा उभिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘यो सम्झौता संशोधन भयो भने सोचौंला भने त्यतिबेलै भनेका थिए ।’

    नेता रावलले एमसीसी सम्झौंता संशोधन गरेर भने अघि बढाउन आफू पनि सहमत रहेको बताउनुभयो । नेपालकै कतिपय नेताहरूले सो सम्झौता संशोधन विना नै अघि बढाउनुपर्छ भनेको देखेर आफूलाई आश्चर्य लागेको नेता रावलको भनाई छ ।

    ‘नेपाली हौं भन्नेहरूले नै एमसीसी संशोधन हुनै सक्दैन र अनुमोदन गर्नुपर्छ भन्छन्,’ उहाँले भन्नुभयो, ‘यसबाट नेपाललाई विदेशी कम्पनीको इसारामा चलाउने समानान्तर सरकारको स्थिति उत्पन्न हुन्छ, यसबाट नेपाल क्रमशः पराधिनतातर्फ धकेलिनेछ, शक्ति राष्ट्रहरूको द्वन्द्व र संघर्षको थलोमा परिणत हुनेछ ।’

    नेता रावलले मुलुकको सार्वभौमिकतामाथि आँच आउने खालका कुनै पनि सम्झौंता नेपालका लागि स्वीकार्य हुनै नसक्ने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij