आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक माओवादीकाे आग्रहमा स्थगित

  • प्रकाशित मिति : आइतवार, पुस १८, २०७८



  • काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेको कारणले बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

    सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका लागि बैठक बोलाउनु भएको थियो । माओवादी केन्द्रको आग्रहमा बैठक स्थगित गरिएको बताइएको छ । अर्को वैठक पुस २२ गतेका लागि डाकिएको छ ।

    त्यस्तै, संसद बैठकअघि बोलाइएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ । सभामुख सापकोटाले विहान ११:३० बजे शंकर हलमा कार्यव्यवस्थाको बैठक बोलाउनु भएको थियो ।

    आजको वैठकमा थारु आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूचि रहेको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लामो समयदेखि संसद बैठक अबरुद्ध गर्दै आएको छ । संसद सुचारु गर्ने विषयमा सरकार र सभामुखले प्रयास गरेपनि सफल हुन सकेको छैन् ।

    पार्टीले कारवाही गरेको माधव नेपाललगायतका १४ जना सांसदको पद खारेज गरेको सूचना नटाँसेको भन्दै एमालेका सांसदहरुले निरन्तर संसद अबरोध गर्दै आएका छन् ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij