मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

माघीमा थारू समुदायको कला संस्कृति जोगाउने चिन्ता

  • प्रकाशित मिति : शनिबार, माघ १, २०७८



  • दाङ । माघी थारु समूदायको मुख्य पर्व हो । उनीहरूले माघी पर्वलाई नयाँ वर्षको रुपमा धुमधामसंग मनाउने गर्दछन् । नयाँ काम गर्न, विवाह गर्न, अंशबन्डालगायतका कामको सुरुवात गर्ने शुभसाईतको रुपमा पनि उनीहरुले यो पर्वलाई लिने गरेका छन् ।

    माघीसंगै दाङको शान्तिनगर–५ को थारू गाउँमा यति बेला निकै चहलपहल बढेको देखिन्छ । चहलपहल केहि देखिए पनि तर पहिलाको जस्तो रौनक भने नहुने थारूका पुराना पुस्ताहरूको अनुभव छ । अहिलेका पुस्ताले आफ्नो कला, संस्कृति र संस्कार भुल्दै गएकोमा आफ्नो संस्कृति लोप हुने चिन्ता पनि छ उनीहरुलाई । माघी पर्वमा गाइने र नाचिने नाच पनि लोप हुँदै गएको उनीहरूको बुझाइ छ ।

    पुराना पुस्तालाई मात्र नभई युवा पुस्तालाई पनि आफ्नो कला संस्कृति हराउँदै गएको थाहा त छ तर, यसको जर्गेना गर्न पनि उनीहरु त्यति उत्साहित छैनन् । आफ्नो कला संस्कृति जोगाउनका लागि गाउँमै बस्ने युवाहरु त लागेका छन् तर, गाउँबाट शहर गएका युृवाहरुले यता तिर ध्यान नदिँदा यसको संरक्षण हुन सकेको छैन् ।

    पछिल्लो समय भने यो समुदायका युवाहरू आफ्नो कला संस्कृति संरक्षण गर्न लागि परेका छन् । यसमा स्थानीय सरकारले पनि साथ दिँदै आएको शान्तिनगर–५ का वडाध्यक्ष गिरिराज बस्नेतले बताउनु भयो ।

    थारुहरुको आप्mनै मौलिकता भएको माघी पर्व विशेषगरि दाङलगायत बाँके, बर्दिया, कैलाली जिल्लाहरुमा भव्य रुपमा मनाउने चलन छ । तर, पछिल्लो पुस्ताले चासो नदिँदा र पश्चिमा कला संस्कृतिको अनुशरणले मौलिकता लोप हुने खतरा छ । त्यसैले आफ्नो संस्कृति जोगाउनको लागि सबैभन्दा पहिले थारु समूदायका युवाहरु आफै जागरुक हुनु पर्ने देखिन्छ । नत्र थारु संस्कृति बिस्तारै लोप नहोला भन्न सकिन्न ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij