शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

जर्नेल कार्कीले दिए प्रधानसेनापति शर्माविरुद्ध उजुरी, सेना भित्र खैलाबैला

  • प्रकाशित मिति : शुक्रबार, माघ ७, २०७८



  • काठमाडौं – वरिष्ठताका आधारमा आफू अगाडि भए पनि पदावधि थपको सिफारिसमा नपरेको भन्दै नेपाली सेनाका उपरथी अनन्त कार्कीले असन्तुष्टि जाहेर गर्दै प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध उजुरी दिएका छन् ।

    ‘चेन अफ कमान्ड’मा रहने फौजी संगठनमा संगठन प्रमुखविरुद्ध राजनीतिक नेतृत्वलाई गुहार्ने घटना कमै हुने भए पनि मुलुकको राष्ट्रिय सेना नेपाली सेनाकै नेतृत्वविरुद्ध यस्तो उजुरी परेको हो ।

    उपरथीको पहिलो नम्बरमा रहेका कार्कीले प्रधानसेनापति शर्माविरुद्ध रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै उजुरी दिएका हुन् । पदावधि थप सिफारिसमा नपरेपछि प्रधानसेनापतिविरुद्ध नै प्रधानमन्त्रीसमक्ष उजुरी

    बढुवा र पदावधि थपका विषयमा सैनिक अधिकारीले प्रायः रक्षा मन्त्रालयमा उजुरी दिने गरेको भए पनि उपरथी कार्कीले प्रधानमन्त्रीको सचिवालयमा उजुरी दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    स्रोतका अनुसार प्रधानमन्त्री देउवासँगको पुरानो सम्बन्धका कारण उपरथी कार्कीले प्रधान सेनापतिको सिफारिसविरुद्ध उजुरी दिएका हुन् । शेरबहादुर देउवा विगतमा प्रधानमन्त्री हुँदा उनी केही वर्षअघि एडीसी थिए । त्यही आधारमा उनले प्रधानमन्त्री कार्यालयमा उजुरी दिएको हुन सक्ने स्रोतको दाबी छ ।

    उपरथी कार्कीले अन्याय भएपछि आफूले प्रधानमन्त्रीसमक्ष उजुरी दिएको प्रतिक्रिया दिएका छन् । कुनै विकल्प नभएपछि प्रधानमन्त्रीसमक्ष उजुरी दिनु आफ्नो बाध्यता रहेको उनको भनाइ छ ।

    उपरथी कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि उजुरीको बोधार्थ दिएका छन् ।

    नेपाली सेनाका तीन उपरथीमध्ये पहिलो नम्बरमा कार्की छन् । दोस्रो र तेस्रोमा क्रमशः सीताराम खड्का र तारा पाण्डे छन् । प्रधानसेनापति शर्माले कार्कीलाई पन्छाएर खड्का र पाण्डेको पदावधि थपको सिफारिस गरेपछि पदावधि थप्ने विषयमा देखिएको विवाद सतहमा आएको हो ।

    प्रधानसेनापति शर्माले गत १६ पुसमा खड्का र पाण्डेको पदावधि थपका लागि रक्षा मन्त्रालयमा पत्र पठाएको भए पनि त्यस विषयमा अहिलेसम्म निर्णय भएको छैन ।

    प्रधानसेनापति शर्माले पठाएको सिफारिसलाई ३० पुसको मन्त्रिपरिषद् बैठकमा छलफल भएको थियो । तर, वरीयताको कुरा उठेपछि त्यस दिन निर्णय हुन नसकेको स्रोतको दाबी रहेको आजको राजधानी दैनिकमा खवर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij