आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

देउवाको गृह जिल्लामै कांग्रेस फुट्यो

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ४, २०७८



  • डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको गृह जिल्लामा नेपाली कांग्रेसमा विभाजित भएको छ ।
    प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको समाजवादलाई आदर्श मानेर इतर समूहले नेपाली कांग्रेस(वीपी) गठन गर्दै जिल्ला संयोजक तोकेको छ ।

    बुधबार जिल्ला सदरमुकाम डडेल्धुरामा भएको एक कार्यक्रममा पार्टीका केन्द्रीय उपसभापति विष्णुप्रसाद ढकालले देउवाकै गृह गाउँपालिका गन्यापधुरा–४ स्थायी ठेगाना भएका तिलक हमाललाई संयोजकको जिम्मेवारी दिनुभएको हो ।

    नेपाली कांग्रेस डडेल्धुरा ठेकेदारको पार्टी भइसकेकोले कांग्रेस छोडेको र व्यक्तिले पार्टीलाई सञ्चालन गर्न थालेकोमा वीपीको समाजवाद बचाउन नेपाली कांग्रेस (वीपी)मा समाहित उपसभापति ढकालले बताउनुभयो ।

    कांग्रेसको १४औं महाधिवेशनमा समेत देउवाले गृहजिल्लामा एकलौटी रूपमा निर्वाचन गरेको र क्रियाशील सदस्यतामा धाँदली गरेको विषयमा असन्तुष्ट रहेका हमाल नेपाली कांग्रेस डडेल्धुराका पूर्व जिल्ला कार्य समिति सदस्य हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij