आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘गाउँ–गाउँमा सिंहरबार’ हाेइन ‘गाउँ–गाउँमा अख्तियार’ निम्त्याउँदै स्थानीय सरकार

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ६, २०७८



  • काठमाडौं । स्थानीय सरकार आएपछि गाउँ–गाउँमा सिंहदरबार बन्ने र जनताको जीवनस्तरमा कायापलट हुने दाबी गरिएको थियो ।

    तर, त्यस विपरीत स्थानीय सरकार बनेपछि जनतामाथि दोहोरो–तेहरो करको भार थपियो नै, अनियमितता र भ्रष्टाचारको ग्राफ ह्वात्तै उकालो लाग्यो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा २२ हजार ६ सय उजुरी दर्ता भएका छन् । यसमध्ये स्थानीय तहसँग सम्बन्धित ७ हजार २ सय ४० अर्थात ३२.७२ प्रतिशत उजुरी परेको थियो । आयोगको उजुरीसम्बन्धी तथ्याङ्क केलाउँदा २०७० साल यता भ्रष्टाचार ह्वात्तै बढेकोे देखिएको छ ।

    आर्थिक वर्ष २०६९/०७० मा ११ हजार ३ सय भ्रष्टाचारको उजुरी दर्ता भएकामा ०७०/७१ मा यो संख्या एकैपटक दोब्बरले बढेर २२ हजार ६ सय २ उजुरी दर्ता भएको पाइएको छ । त्यसयता पनि उजुरी बढेको बढ्यै छ ।

    आर्थिक वर्ष २०७१/०७२ मा अझ उच्च ३१ हजार २ सय बढी, ०७२/०३ मा २४ हजार ६ सय माथि, ०७३/०७४ मा १९ हजार ५ सय, ०७४/०७५ मा १९ हजार ४ सय, ०७५/७६ मा २४ हजार बढी, ०७६/७७ मा २५ हजार माथि उजुरी दर्ता भएका छन् ।

    चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा मात्र ९ हजार १ सय ७८ उजुरी परेको छ । यी मध्ये धेरैजसो स्थानीय तहसँग सम्बन्धित उजुरी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

    स्थानीय तहमा ऐन नियम र कानुनले तोकेको मापदण्ड समेत पूरा नगरी रकम विनियोजन गर्ने, एकै प्रकृतिको काममा समेत दोहोरो कार्यक्रम बनाई भुक्तानी गर्ने प्रवृत्ति बढी पाइएको अख्तियारले जनाएको छ ।

    साथै पालिकाको बजेट व्यक्तिको खातामा स्थानान्तरण तथा व्यक्तिगत प्रयोजनमा खर्च गर्ने तथा लक्षित व्यक्ति वा समूहलाई ठेक्का सम्झौता दिने गरेको जस्ता उजुरीहरू बढी आएको प्रवक्ता भण्डारी बताउनुहुन्छ ।

    यसमाथि हालसम्म पनि १४ स्थानीय तहले त अहिलेसम्म बजेटै पेश गरेका छैनन् । यसमध्ये मधेश प्रदेशका मात्रै १३ स्थानीय तहले बजेट नल्याएका हुन् ।

    महालेखा परीक्षकको अन्ठाउनौं प्रतिवेदनले समेत स्थानीय तहमा उपभोक्ता समितिमार्फत काम गराउँदा बढी रकम दिने प्रवृत्ति, समयमै बजेट पेश नगर्नुका साथै वितरणमुखी खर्चले आर्थिक अनियमितता बढिरहेको उल्लेख गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij