आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बालुवाटारमा वैकल्पिक प्रस्ताव : व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १३, २०७८



  • काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको प्रश्न उठेका विषयमा संसदबाट व्याख्यात्मक घोषणा गरेर अनुमोदन गर्ने विकल्पमा छलफल सुरु भएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग मिल्न तयार भएपछि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु दबावमा छन् । दुवै दलका नेताहरुले यथास्थितिमा एमसीसीको पक्षमा मत दिन नसक्ने, तर अनुमोदनका लागि सहज बनाउन विरोध गर्दै संसद बहिष्कार गर्न सक्ने बताएका छन् । त्यसो भएमा ध्वनिमतका आधारमा एमसीसी अनुमोदन हुन सक्छ ।

    नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले भने एमसीसी अनुमोदनका लागि साथ नै दिनुपर्ने बताएका छन् । स्रोतका अनुसार शुक्रबार भएको छलफलमा एमसीसीमाथि प्रश्न उठेका विषयहरुलाई समेटेर संसदबाट अनुमोदन गर्दा व्याख्यात्मक घोषणा गर्ने विकल्पबारे पनि छलफल भएको छ ।

    यसरी गरिने घोषणामा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सैन्य रणनीति होइन, नेपाल र अमेरिकाको कानुन बाझिएको अवस्थामा नेपालको कानुन लागु हुन्छ, लेखा परीक्षण नेपालको महालेखा परीक्षकले गर्छ जस्ता विषय राखिनेछ ।

    नेपालको संसदबाट यसरी व्याख्यात्मक घोषणासहित अनुमोदन गरेर पठाउने र एमसीसीले त्यसलाई स्वीकार गरेपछि सम्झौताको अंग बन्ने नेताहरुको दाबी छ । यो वैकल्पिक प्रस्तावबारे सत्तारुढ गठबन्धनका नेताहरुबीच भएको छलफलमा अन्तर्राष्ट्रिय कानुनका जानकार अधिवक्ता गोविन्द बन्दी पनि सहभागी थिए ।

    एक नेता भन्छन्, ‘यो हाम्रो कुरा भयो, यसलाई उनीहरु (अमेरिकी पक्ष)ले कसरी हिन्छ भन्ने थाहा छैन । यसबारे धारणा बुझेपछि एउटा टुंगोमा पुग्न सकिएला ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij