आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दाङमा ८५ जनप्रतिनिधिले दिए राजीनामा

  • प्रकाशित मिति : शनिबार, बैशाख १०, २०७९



  • दाङ ।दाङमा एक पालिका प्रमुखसहित ८५ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । वैशाख ३० मा हुने स्थानीय तह चुनावमा उमेदवारी दिनका लागि कार्यकाल सकिनु अगावै जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।

    निर्वाचनका लागि उमेदवार मनोनयनको मिति नजिकिदै जाँदा आगामी नेतृत्वका लागि आकांक्षि बहालवाला जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।

    निर्वाचन आचारसंहिता २०७८ को दफा ३६ अनुसार बहालवाला जनप्रतिनिधिले स्थानीय तहको कुनै पनि पारिश्रमिक, सुविधा पाउने गरी लाभको पदमा नरहेको उद्घोष गर्नुपर्ने र उम्मेदवारी दिनुअघि नै राजनीमा दिनुपर्ने व्यवस्था गरेको छ ।

    सोहि व्यवस्था बमोजिम दाङमा पनि मेयर, वडाअध्यक्ष, सदस्य र जिल्ला समन्वय समिति सदस्य गरी शुक्रबारसम्म ८२ जना जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।

    घोराहीमा नगरप्रमुख नरुलाल चौधरीले बिहीबार नै राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए । उनका अनुसार घोराहीमा अरु थप दुई जना वडा सदस्यले राजीनामा दिएका छन् ।

    तुलसीपुरमा शुक्रबारसम्म १० वडा अध्यक्ष र २० सदस्यले राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेले जानकारी दिए । त्यस्तै लमही नगरपालिकाका एक वडा अध्यक्ष र दुई सदस्य, गढवाका वडा अध्यक्ष र सदस्य १९ जना, राप्तीका १८, दंगिशरणका ३, शान्तिनगरका १, बबईका ४ र बंगलाचुलीका छ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij