आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बर्दियाको बारबर्दिया नगरपालिकामा कांग्रेस विजयी, माओवादी तेस्रो

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २, २०७९



  • काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले जितेको बर्दियाको बारबर्दिया नगरपालिकामा यसपटक नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेयर र उपमेयर दुबै पद कांग्रेसले जित्दा माओवादी केन्द्र भने तेस्रो भएको छ ।

    बारबर्दिया नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका छबिलाल थारु निर्वाचित भएका छन् । थारुले १३ हजार ६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पदम प्रसाद ढकालले १० हजार ३५१ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवार दशरथ थारुको पक्षमा ९ हजार १०९ मत परेको छ ।

    यसैरी उपमेयर पदमा नेपाली कांग्रेसकै रत्नकुमारी पाण्डे १२ हजार ४९१ मतसहित निर्वाचित भएकी छन् । उनको प्रत्यासी एमालेकी नारायणी चौधरीले १० हजार ८५५ मत पाउँदा माओवादी केन्द्रकी शोभा थारुले ९ हजार २९ मत मात्र पाएकी छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij