प्रकाशित मिति : शुक्रबार, जेष्ठ ६, २०७९
बलिउड अभिनेता अमिताभ बच्चन, शाहरुख खान, अजय देवगन र रणवीर सिंहविरुद्ध मुद्दा दर्ता भएको छ।
‘गुटखा’ र ‘पान मसाला’को प्रचार गरेको भन्दै उनीहरूविरुद्ध बिहारको एक अदालतमा मुद्दा दर्ता भएको हो।
भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार मुजफ्फरपुरकी कार्यकर्ता तमन्ना हासमले अमिताभ, शाहरुख, अजय र रणवीरविरुद्ध मुद्दा दर्ता गरेकी हुन्। उनीहरूविरुद्ध धारा ४६७, ४६८, ४३९ र १२०बी अन्तर्गत मुद्दा दायर गरिएको छ।
उक्त उजुरीमा ‘पैसाको लोभमा गुटखा प्रवर्द्धन गरी आफ्नो लोकप्रियताको दुरुपयोग गरेको’ समेत उल्लेख छ। अदालतले यस उजुरीलाई स्वीकार गरिसकेको छ र यस विषयमा मे २७ मा सुनुवाइ हुने बताइएको छ।
केहि समयअगाडि अक्षय कुमारले ‘पान मसाला’ ब्रान्डलाई समर्थन गरेपछि उनको आलोचना भएको थियो। अक्षयले आधिकारिक बयान जारी गर्दै आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। त्यसपछि उनी पान मसाला ब्रान्डसँग अलगिएका हुन्।
अमिताभ बच्चनले पनि गत वर्ष मात्रै आफूले प्रचार गर्दै आइरहेको तम्बाकु ब्रान्डसँगको आफ्नो सम्झौता रद्द गरिसकेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij