आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वीरगञ्ज महानगरको मेयर र उपमेयरमा गठबन्धन विजयी

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १०, २०७९



  • चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका हुन् ।

    भरतपुरमा खसेको १ लाख २७ हजार ५०८ मतमा दाहालले ५२ हजार ३० मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ३९ हजार ५८१ मत मात्र पाए । दाहालले १२ हजार ४४९ मतान्तरले एमाले र राप्रपाका साझा उम्मेदवार सुवेदीलाई पराजित गरेकी हुन् ।

    यस्तै गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार​ ७२८ मत पाएका छन् । यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका अधिकारीले ५२ हजार ८०३ मतसहित विजयी भएका छन् । उनले राप्रपाकी हिमला गुरुङलाई २२ हजार १९१ मतान्तरले पराजित गरेका छन् । एमाले र राप्रपाकी साझा उम्मेदवार गुरुङलाई ३० हजार १९१ मत मात्र आएको छ । ०७४ मा पनि भरतपुरमा माओवादीको मेयर र काँग्रेसको उपमेयर थिए । अहिले पनि मेयर माओवादी र उपमेयर काँग्रेसले जितेको छ ।

    यस्तै काँग्रेसले भरतपुर महानगरका १६ वटा वडा जितेको छ । काँग्रेसले १,२,४,५,६,८, १०, १४,१५, १६, १७, २०,२१, २३, २७ र २९ मा वडाध्यक्ष जितेको हो । यस्तै माओवादी केन्द्रले १३, २४ र २६ गरी तीन वडाध्यक्ष जितेको छ भने एकीकृत समाजवादी पनि ७, ९ र २२ गरी तीन वडामा विजयी भएको छ । एमालेले एमाले ३, ११, १२, १८, १९ र २८ गरी ६ वडा जित्दा २५ नम्बर वडामा स्वतन्त्र उम्मेदवारले जितेको

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij