आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लुम्बिनी प्रदेशमा गणतन्त्र दिवस ३ दिनसम्म मनाईने

  • प्रकाशित मिति : शनिबार, जेष्ठ १४, २०७९



  • बुटवल। लुम्बिनी प्रदेश सरकारले १५ औं गणतन्त्र दिवस विविध कार्यक्रम गरी ३ दिनसम्म मनाउने निर्णय गरेकाे छ ।

    लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर कार्यक्रमको तयारीका विषयमा जानकारी गराएको हो । ३ दिनसम्म संचालन हुने कार्यक्रममा आज (शनिबार) प्रदेशको शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयले बुटवलमा खुल्ला दौड प्रतियोगिता गर्ने कार्यक्रम तय भएकाे छ । जेष्ठ १५ गते आइतबार गणतन्त्र दिवसका दिन प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम आयोजना गरिने भएकाे छ ।

    सोही कार्यक्रमदलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्नुहुनेछ। साथै जेष्ठ १६ गते प्रदेशको कुनै एक ठाउँमा फलफूल तथा अन्य विरुवा रोप्ने कार्यक्रम तय भएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव कोमल प्रसाद धमलाले जानकारी दिनुभएकाे हाे । साथै पत्रकार सम्मेलन कार्यक्रमलाई सम्बाेधन गर्दै आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले मुलुकमा गणतन्त्र ल्याउन पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभएकाे छ।

    उहाँले गणतन्त्र दिवसलाई सफल बनाउन पत्रकारसँग आग्रह समेत गर्नुभएकाे छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij